• news-bg

समाचार

प्रेम फैलाउनुहोस्

उत्तरी चीनको हेबेई प्रान्तको एउटा सहरमा केन्द्रीकृत चिकित्सा पर्यवेक्षणका लागि १,५०० कोठाको पहिलो ब्याचको निर्माण पाँच दिनमा सम्पन्न भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन्।

640

कारखानाको जग्गा प्रयोग गरेर निर्माण गरिएको यो केन्द्र कोभिड–१९ को फैलावट न्यूनीकरण गर्न नाङ्गोङ सहरका ६ स्थानमा तत्कालै निर्माण गर्न लागिएको जम्मा ६ हजार ५०० कोठासहितको अस्थायी सुविधामध्ये एक हो ।

१८ वर्ग मिटर क्षेत्रफल भएको प्रत्येक कोठामा ओछ्यान, बिजुलीको हिटर, शौचालय र सिंक छन्।वाइफाइ पहुँच पनि उपलब्ध छ।

सहरमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि माघ १० गते आयोजनाको निर्माण सुरु भएको र बाँकी कोठा पनि एक साताभित्र तयार हुने स्थानीय प्रचार विभागले जनाएको छ ।

64000

प्रान्तीय राजधानी शिजियाझुआङमा कूल ३ हजार कोठा भएको यस्तै केन्द्र निर्माण भइरहेको छ ।

स्रोत: सिन्ह्वा


पोस्ट समय: जनवरी-21-2021